मेयर यादब माथि उपमेयर झा को आरोप को बर्सात


जनकपुरधाम । महोत्तरी जिल्लाको औरही नगरपालिकाका मेयर सुनिलकुमार यादव माथि उप–मेयर रेनु झाले आरोपको बर्सात गरेका छन् । उप–मेयर झाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उनी विरुद्ध ६ वुन्दे आरोप औरही नगरबासी समक्ष प्रस्तुत गरेकी छिन् । उप–मेयर झाले प्रदेश सरकारद्वारा प्राप्त राहत प्रति वडा ७० घरधुरीको हिसावले जम्मा ६३० घरधुरीले पाउनु पर्ने राहत नवुझि ६३० घरधुरीलाई राहतवाट बञ्चित गराई ठूलो अपराध गरेको बताएकी छिन् ।

उनले विकास निर्माणका कार्य प्रभावकारी ढंगवाट हुनु पर्ने कुरा उठाउदा मेयरद्वारा स्टिमेट उपलव्ध नगराएको तथा विना स्टिमेट प्रभावकारी ढंगवाट विकास निर्माण र स्टिमेट दिँदा विकास निर्माण कार्यमा व्रम्हलुट गरेको भण्डाफोड हुने डरले लुकाएको आरोप लगाएकी छिन् । उप–मेयर झाले भनेकि छिन्–‘मेरो पहलमा आएको योजना झुलंगे पुल, सिरीपुर र कठूधार वडा ३ र ४ जोडने रु ६० लाख राशीको रकम फ्रिज गराउन लागेको हो ।’ उनले यस नापावाट हुनु पर्ने पूर्वाधार निर्माणका कार्यहरुको टेण्डर गोप्यरुपले निकालि अनियमितता गरेको तथा स्थानीय सरकार सञ्चालन ऐनमा महिनामा कम्तीमा ३ पटक कार्यपालिकाको वैठक बोलाउनु पर्ने अनिवार्य व्यवस्था भएपनि पटक पटक मौखिक र लिखित रुपमा कार्यपालिकाको वैठक वोलाउन माग गर्दा पनि नबसाएको र घर घरमा माइनोट घुमाई कार्यपालिका सदस्यहरुलाई लोभ, लालच र धम्की दिई विधि प्रक्रिया विपरीत कार्य गरेको आरोप लगाएकी छिन् ।

उनले विश्व (कोभिड–१९) कोरोना भाईरसको महामारीवाट गुज्रिरहेको परिपेक्षमा नेपाल पनि अछुतो रहन नसकेको बताएकी छिन् । खास गरी प्रदेश नं. २ का जिल्लाहरु बारा, पर्सा, रौतहट, महोत्तरी र धनुषाको स्थिति कोरोना भाईरसको कारण कहाली लाग्दै अवस्थामा रहेको उनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्–‘यस विकराल स्थितिवाट जनता बचाउनु र जनताको अकांक्षा अनुसार कार्य गर्न मेरो दिनचार्या नै रहेको छ ।

म औरही नापा महोत्तरीको उप–प्रमुख (उप–मेयर) भएकी नाताले आफ्नो स्वास्थ्यको परवाह नैनरि यस विकराल स्थितिमा पनि जनताको चुल्हो बल्यो कि बलेन, विकास निर्माणका कार्यहरु जुन अहिले भई रहेको छ त्यो गुणस्तरीय छ कि छैन् भनेर म अनुगमन गर्दै र राहतको अवस्था वुझ्दै हिडिरहेको छु । सो क्रममा मैले जानकारी पाएका कुरा तमाम औरही नगरबासी समक्ष राख्न चाहन्छु

प्रकाशित : २०७७ जेष्ठ २३, शुक्रबार १९:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ