गण्डकी प्रदेशमा ३८ सहित स्याङ्जामा १४ जनामा थप कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, बाग्लुङ, गोरखा र नवलपरासी बर्दघाट सुस्ता पूर्व गरी ३८ जना कोरोना संक्रमित थपिएका हुन् । 

स्याङ्जामा १४, बाग्लुङमा १८, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा चारजना कोरोना संक्रमित थपिएका हुन् । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११३ पुगेको छ । 

स्याङ्जाको वालिङ नगरपालिका १३ जनामा र भिरकोट नगरपालिका १ जनामा, बाग्लुङको बडिगाड गाउँपालिका ९ जना र ढोरपाटन नगरपालिकामा १, गोरखाको पालुङटार नगरपालिकामा १ तथा गण्डकी नगरपालिकामा ९ र नवलपरासी बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकामा ४ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जनाएका छन् ।  

प्रकाशित : २०७७ जेष्ठ २५, आईतवार ०७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ