बाँके – थप २९ जना काेराेना सङ्क्रमित डिस्चार्ज


बाँके । बाँकेका थप २९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । सबैभन्दा बढी प्रभावित नरैनापुरका २२ र राप्ती सोनारीका सात जनालाई मङ्गलबार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

योसँगै बाँकेमा काेराेना सङ्क्रमणबाट मुक्त भएर घर फर्किनेको सङ्ख्या ९७ पुगेको छ । उनीहरु सबै भारतबाट आएपछि परीक्षण गर्दा कोरोना सङ्क्रमण पाइएकाे स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो ।

बाँकेमा अहिलेसम्म दुई सय ७९ जनामा कोरोना सङ्क्रमित भेटिएका छन् । एक जना सङ्क्रमितकाे क्वरेण्टीनमा नै ज्यान गएको छ ।

नेपालभरि काेराेना सङ्क्रमित हुनेकाे सङ्ख्या तीन हजार सात सय ६२ पुगेकाे छ भने डिस्चार्ज हुनेकाे सङ्ख्या चार सय ८८ पुगेकाे छ । अहिलेसम्म काेराेना सङ्क्रमणकाे कारण १४ जनाकाे ज्यान गएकाे छ ।  

प्रकाशित : २०७७ जेष्ठ २७, मंगलवार १५:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ