पहिलो चरणमा २५ हजार नेपालीलाई स्वदेश ल्याउँदैछौं – परराष्ट्रमन्त्री


काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना महामारीका कारण अत्यन्त संकटमा रहेका २५ हजार नेपालीलाई पहिलो चरणमा नेपाल ल्याउने बताएका छन् । प्रतिनिधिसभामा बोल्दै उनले संकटमा परेका नेपालीलाई उद्धारको तयारी भइरहेको बताए ।

सरकारले विदेशमा संकटमा रहेका नेपालीहरूको तथ्यांक संकलन गर्ने र  स्वदेश आउन चाहनेलाई सहज रूपमा ल्याउने गरी सरकारले आदेश जारी गरिसकेको पनि बताए । उनले आफ्ना नागरिकप्रति सरकारले विभेद नगर्ने पनि प्रष्ट पारे ।

प्रकाशित : २०७७ जेष्ठ २७, मंगलवार १५:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ