सिरहाको बरीयारपटटी गा.पा वडा नं.२ को जनता राहात बाट बञ्चित


जयनाथ यादव,लहान। सिरहाको बरियारपटि गाउंपालिका वडा नं २ जानकिनगरमा स्थानिय युवाहरु द्वारा वडा कार्यालय मा तल्चा लगाएको छ। बन्दाबन्दीको ७६ दिन हुदां पनि स्थानिय जनताले राहत पाएको छैन यस्तो कठिन घरीमा राहतको राहा मात्र हेर्दे छ अब त राहत पाउन आस पनी मोर्दे जानकिनगरको बासीको अबस्था रहेको छ।

युवा समिति जानकिनगरको अनुसार यहां राहात आएको २ महिना भईसकोको छ तर राहात समिति लाई केही मतलब नै छैन जसको कारणले यहांको धेरै जनताहरु भोकै जिबन विताऊन बाध्य भएका छन एक महिना अगाडी नै हामी बैठंक बसायो र वडा अध्यक्षलाई सोध्यो राहत कहिले पाउछ जनता वडा अध्यक्षले १५ दिनको समय लियो तर त्यो समय विता पनी केही चासो लिएन वास्तै गरेनै भन्दा भन्दै अझै १५ दिन वितियो आज दिन्छु भोली दिन्छु राहात आलटालनै गरियो वडा अध्यक्षले हाल सम्म‌ राहात उपलब्ध गराएको छैन अन्तिमा जनताको लाचारी र वडा अध्यक्षको लापरवाही ले आज हामी मजबुर भएर वडा कार्यालयमा तल्चा लगाएको छौं वडा नं.२को युवा वडा समितिका अध्यक्ष दिनेश कुमार मुखिया ले बताए ।

सोही ठाउंका एक युवाले बताउछ पटक पटक वडा कार्यालय मा गयो वडा अध्यक्ष संग कुरा गरीयो केही मतलब गरेन हामी एउटा सिङगै गाउने राहात पाउन बटा बञ्चित भएका छौं लगभक जानकिनगर गाऊंको अधिकतम जनता राहात पाएको छैन । स्थानिय महिलाहरु बुध्नी देवी,कुस्मि देवी,रिता देवी र परमेश्वरी देवी राई ले आफ्नो दुःख पोखदै भन्छ मेरो परिवारमा जम्मा पाचं जना सदस्यहरु छन । मलाई केही छैन न खेत छ न जग्गा छ जिवन यापन गर्न यो बान्दाबन्दीको समयमा निकै कस्ठ कर बनेको छ पेटको भोख मिटाउनको लागी गाउघरमा अरुको घरमा खाना पकाउने , भाडाकुंडा सफा गर्ने जस्ता कामहरु गरेर जिवन बाचाउन बाध्य भएको छु । काम पाउछ भने खान्छु नत भोकै बस्छु कुनै दिन छिमेकी लाई दाया माया लाग्यो भने खाना दिन्छ तर सबै दिन छिमेकी कहां बाट दिन्छ । उता वडा नं.२का वडा अध्यक्ष विजय कुमार महतोले भन्छ राहात वितरण को कार्यक्रम भयो जसमा विपन्न परिवारको परिपत्र अनुसार समिति गठन भयो जसमा मैले उनीहरुलाई जिम्मेवारी दिए कि तपाईहरु डाटा संकलन गरेर ल्याउनुस प्रत्येक टोलबाट डाटा संकलन आईसक्यो जानकिनगर गाउबाट पनि १५० नामाबली आयो तर याहांका युवाहरुले पुरै गाउंलाई राहात दिनुपरयो भन्यो त्यसपछी मैले वडाको सर्बदलिय समिति मा कुरा राख्यो तर समितिले भन्यो जो पाउने वाला छ उसलाई मात्र राहात दिनेहो समिति ले मानेन गाउपालिका जानु भन्यो गा.पा अध्यक्ष संग कुरा गर्दा प्रथम चरण को राहातमा हुदैन अर्को पटकमा हुन्छ गाउपालिकाका अध्यक्षले भन्यो १५० घरधुरी लाई राहात उपलब्ध गाराएको थिए मैलै तर जानकिनगर गाउंको जनता सहमति नभएर राहात पाएको छैन।

प्रकाशित : २०७७ जेष्ठ २७, मंगलवार २०:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ