प्रदेश २ को नीति तथा कार्यक्रममाथि आजदेखि छलफल


जनकपुरधाम । प्रदेश सरकारले आर्थिक वर्ष २०७७र०७८ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज प्रदेश सभाको बैठक बस्न लागेको छ। नीति तथा कार्यक्रममाथि छलफलका लागि आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्न लागेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए। उनकाअनुसार नीति तथा कार्यक्रममाथि आज र भोलि छलफल गरिने र भोलि नै निर्णायार्थ प्रस्तुत हुनेछ।

प्रदेशसभामा आइतवार प्रदेश प्रमुख तिलक परियारले ४८ पृष्ठ लामो नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममा १० कट्ठा जग्गा हुने किसानहरुलाई वार्षिक १० हजार रुपैयाँ खातामै अनुदान पठाउने र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकावसदेखि कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको छ।  यस्तै मुसहर, डोम, मेस्तर र हलखोर जातिलाई प्रति परिवार मासिक ५ हजार रकम उपलब्ध गराउने लोकप्रिय कार्यक्रम समेत नीति तथा कार्यक्रममा प्रदेश सरकारले समेटेको छ।

प्रदेश सरकारले ‘बेटी पढाऊ, बेची बचाउ’, मुख्यमन्त्री स्वच्छता अभियान, दलित छात्रालाई मासिक भत्ता, ‘खेत खेतमा पानी, हात हातमा रोजगारी’ जस्ता महत्वपुर्ण कार्यक्रमलाई भने निरन्तरता दिएको छ। प्रदेशको अगामी आर्थिक वर्षको बजेट असार १ गते ल्याउने तयारी भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

प्रकाशित : २०७७ जेष्ठ २८, बुधबार ११:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ