कोरोना भाइरस नेपाल: लकडाउन सरलीकरण गर्नेबारे निर्णय हुने प्रधानमन्त्री ओलीको भनाइ


काठमाडौँ । कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लगाइएको कडा लकडाउनलाई केही खुकुलो पार्ने निर्णय गर्न लागिएको प्रधानमन्त्री केपी ओलीले संसद्ई जानकारी दिएका छन्।

सरकारलाई विभिन्न क्षेत्रबाट सुझाव आइरहेको भन्दै उनले समयानुकूल ढङ्गले सामाजिक जनजीवन सहज बनाउनेबारे निर्णय हुने बताए।

“निजी क्षेत्रलाई परीक्षण गर्न दिनेबारे अनि लकडाउन सरलीकरण तथा शिक्षाक्षेत्रका असहजता न्यून पार्नेबारे आजै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्दैछ,” उनले भने।

लामो समयदेखि लकडाउन हुँदा जनजीवन कष्टकर भएको भन्दै खासगरी निजी क्षेत्रले त्यसको सुरक्षित विधि परिवर्तन गर्न माग गरिरहेका थिए।

प्रकाशित : २०७७ जेष्ठ २८, बुधबार १३:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ