Breaking- थप २७३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५३३५ पुग्यो


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, पर्सा र बर्दियामा ६/६ जना, झापा र रुपन्देहीमा ५/५ जना, मोरङ र पर्वतमा ४/४ जना, दाङ र गुल्मीमा २/२ जना, महोत्तरी, बारा, नवलपरासी १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : २०७७ जेष्ठ ३१, शनिबार २१:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ