धनुषामा चार दिन पहिला गोली हानी हत्या गर्ने पक्राउ


जनकपुरधाम । धनुषामा चार दिन पहिले गोली हानी एक जना व्यक्तिको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेश नम्बर २ को प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वरुण बहादुर सिंहको नेतृत्वमा खटिएको टोलीले सबैला नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय अरुण कुमार मण्डललाई गोली हानेर मारेको आरोपमा महोत्तरीको जलेश्वर-३ का १९ वर्षीय श्रवण मण्डललाई महोत्तरीको भीठामोड़ नाका क्षेत्रबाट पक्राउ गरिएको प्रदेश नम्बर दुईका प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले बताए।

प्रहरी प्रमुख सिंहले जानाकारी दिए अनुसार साथीहरु मिलेर मादक पदार्थ सेवन गरेपछि भएको विवादको क्रममा श्रवणले अरुणलाई गोली प्रहार गरेका थिए।

घरभन्दा २ सय मिटर पर गोली हानी हत्या गरिएको अवस्थामा अरुणको शव भेटिएको थियो ।

डीआईजी सिंहले भने उक्त घटना कुनै योजना बुनी गरिएको होइन, मादक पदार्थ सेवन गरिसके पछि भएको विवादमा उनको गोली हानी हत्या गरिएको हो, गोली भने श्रवणले नै हानेका हुन् उनले आफ्नो अपराध समेत स्विकारेका छन्, र घटनामा अन्य चार जना पनि संलग्न भएको र उनीहरुको खोजीकार्य समेत भईरहेको छ ।

प्रकाशित : २०७७ जेष्ठ ३२, आईतवार १८:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ