आज ६७ जना डिस्चार्जहुदै


काठमाडौं । सोमबार थप ६७ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर  गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६७  जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए। योसहित १ हजार ४१ जनाले कोरोना जितेका छन्। जसमध्ये ९३७ पुरुष र महिला १०४ जना रहेका छन्।

यस्तै सोमबार एकै दिन ४५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सोमबार ४५१  जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ६ जहार २११ पुगेको हो। 

आइतबार मात्रै ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। सोमबार पीसीआर विधिबाट १ लाख ३८ हजार ६८३ र आरडीटी विधिबाट २ लाख १९ हजार ३३६ जनाको नमुना परीक्षण गरिएको छ।  पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३०६  र आरडीटी विधिबाट ८ हजार ६१५ जनाको नमुना परीक्षण गरिएको छ। 

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ३३  हजार ८२९ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ५ हजार १५१ जना रहेका छन्। ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। सोमबार थप ४९९ जना रेडजोनमा परेका छन्। 

प्रवक्ता गौतमका अनुसार सोमबार पोखरामा  पीसीआर परीक्षण गर्ने प्रयोगशाला थप गरिएको छ। योसहित प्रयोगशालमाको संख्या २२ पुगेको छ। गत २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु नभएको मन्त्रालयका प्रवक्ता गौतमले बताए।

प्रकाशित : २०७७ असार १, सोमबार १७:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ