१० अर्बको हिसाब माग्दै प्रधनमन्‍त्रीलाई कांग्रेसको बुझायो १३ बुँदे पत्र


काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण र नियन्त्रणमा खर्च भएको १० अर्बको हिसाब माग्दै प्रधानमन्त्री केपी ओलीलाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । 

मंगलबार नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा बालुवाटार पुगेका कांग्रेस नेताले ध्यानाकर्षण–पत्र बुझाएका हुन् । सचेतक खाँडसँगै पुष्पा भुसाल, गगन थापा, भीमसेनदास प्रधान र राजन केसी बालुवाटार पुगेका थिए । 

‘सरकारले कोभिड–१९ नियन्त्रण गर्ने कार्यका लागि १० अर्ब खर्च भयो भनिएको छ’, कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा भनिएको छ, ‘त्यो खर्च कुन निकाय, तहले के प्रयोजनका लागि गरेको छ ? सम्पूर्ण विववरण सार्वजनिक गरियोस् ।’ 

कांग्रेसले विपतको समयमा स्वास्थ्य सामग्री खरिद, विदेशबाट नागरिकको उद्दार, क्वारेन्टाइन व्यवस्थापन, राहत वितरणलगायत विषयमा एकपछि अर्को अनियमितता गरेको भन्दै आपत्ति जनाएको छ । उसले यो विषयले प्रमुख प्रतिपक्षी दललाई लज्जित बनाएको बताएको छ । 

कांग्रेसको १३ बुँदे ध्यानाकर्षणपत्रमा कोरोना परीक्षण, क्वारेन्टाइन व्यवस्थापन, कन्ट्राक्ट ट्रेसिङ, अस्पतालको व्यवस्थापन, सामग्रीको आपूर्ति र व्यवस्थापन, अनियमितताको छानबिन र पारदर्शीता, राहत वितरण, विदेशबाट नागरिकको उद्धार, रोजगारी, कृषि र खाद्य सुरक्षा, आर्थिक क्षेत्र, विद्यार्थीको सम्बन्धमा, र मनोसामाजिक परामर्श र सुरक्षाको विषय समेटेको छ । 

प्रकाशित : २०७७ असार २, मंगलवार १५:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ