लकडाउन खुकुलो भएसँगै भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो


काठमाडौं । लकडाउन खुकुलो भएसँगै भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

कोरोना महामारीका कारण लकडाउन हुँदा खपत कम भएर पेट्रोलियम पदार्थको मूल्य घटेकोमा १० दिनयता इन्धनको मूल्य निरन्तर बढेको हो ।

भारतले जुन १ देखि लकडाउन खुकुलो गरेको १६ औँ दिन मंगलबार पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगेको छ।

मंगलबार भारतको राजधानी नयाँदिल्लीमा डिजेल प्रतिलिटर भारतीय ७५ रुपैयाँ र पेट्रोल भारतीय ७७ रुपैयाँमा बिक्री भईरहेको छ। यस्तै हवाई इन्धनको मूल्य पनि मंगलबार मात्र १६ प्रतिशतले बढेको छ।

मंगलबार हवाई इन्धन प्रति किलोलिटर १६ दशमलव ३ प्रतिशत अर्थात् ५ हजार ४ सय ९४ भारतीय रुपैयाँले बढेर ३९ हजार ७० रुपैयाँ पुगेको छ। हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ ५० पैसा बढेको हो।

प्रकाशित : २०७७ असार २, मंगलवार १६:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ