प्रदेश २ मा एकैदिन भेटियो १ सय ८५ कोरोना संक्रमित


जनकपुरधाम : प्रदेश २ मा एकै दिन १ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयले मंगलवार १ सय ८५ जनामा संक्रमण पुष्टी भएको जनाएको हो । सिरहामा २ जना, धनुषामा २१ जना, महोत्तरीमा ८९ जना, सर्लाहीमा १६ जना, सप्तरीमा ३ जना, रौतहतमा ५२ जना र पर्सामा २ जनामा संक्रमण देखिएको ।

प्रदेशका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा संक्रमण भेटिएको उनले बताए । संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा भर्ना गरी उपचार थालिएको बताइएको छ ।

प्रकाशित : २०७७ असार २, मंगलवार १७:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ