Breaking – थप ३३१ जनामा संक्रमण पुष्टि,संक्रमितको संख्या ८६०५ पुग्यो


काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुना परीक्षण गर्दा ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये १७६ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका हुन् ।

कहाँ कहाँ थपिए संक्रमित ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै डोटीमा ६१ जना संक्रमित थपिएका छन् । यस्तै पाल्पाका ३३ जना, नवलपुरका ३२, महोत्तरीका २४, तनहुँका २३, बाग्लुङका २०, बैतडी र गुल्मीका १८ जना, बाँकेका १४ र डडेलुधराका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाहीका ९ जना, मोरङ, प्युठान र धादिङका ८/८, भक्तपुर, रौतहट र बर्दियाका ७/७ जना, दाङ र बाराका ४/४ जना, रामेछापका ३, सुनसरी र कैलालीका २/२ जना, काठमाडौं झापा, कैलाली, नवलपरासी, रुपन्देही, स्याङ्जा र रुकुम पश्चिमका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : २०७७ असार ६, शनिबार १८:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ