भोजपुर पुगेका सांसद किराँती क्वारेन्टाइनमा बसे


काठमाडौं ।  प्रतिनिधिसभाका सांसद सुदन किराँती गृह जिल्ला भोजपुरमा क्वारेन्टाइनमा बसेका छन् ।

काठमाडौंबाट भोजपुर गएका किराँती रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका हुन् ।

सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेका कारण आफू क्वारेन्टिनमा बसेको सांसद किराँतीले बताए ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबारदेखि उनी क्वारेन्टाइनमा बसेका हुन् । उनी क्वारेन्टाइनमा १४ दिन बस्नेछन् । त्यसपछिमात्र उनी घर जानेछन् ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागू गरेका नियमको निवार्यरूपमा पालन गर्नुपर्ने उनले बताएका छन् ।

प्रकाशित : २०७७ असार ८, सोमबार १०:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ