प्रदेश २ मा ७४ कोरोना संक्रमित थपिए, १२४ जना डिस्चार्ज


जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा तीन महिलासहित ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ हजार २९० पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा। रामप्रसाद घिमिरेका अनुसार सबभन्दा बढी रौतहटमा ४० जना कोरोना संक्रमित थपिएका हुन्। यस्तै धनुषामा १५ जना, महोत्तरीमा २ जना, सिरहामा ६ जना, सप्तरीमा ८ जना, सर्लाहीमा २ जना र बारामा १ जनामा समेत कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामै १२४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्। प्रदेशमा हालसम्म १ हजार ३९१ जना डिस्चार्ज भइसकेका छन् । यसबाहेक १ हजार ८९९ कोरोना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

उपचारका क्रममा २ संक्रमतिको मृत्यू समेत भइसकेको छ। मन्त्रालयका सचिव डा. घिमिरेका अनुसार प्रदेश २ मा हालसम्म ४१ हजार ५२४ जनाको स्याब संकलन गरी कोरोना परीक्षणका लागि पठाइयो । जसमध्ये ५ हजार ४३८ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ ।

कोरोना परीक्षण रिपोर्ट आउन ३ दिनदेखि दुई सातासम्म लाग्छ ।

प्रकाशित : २०७७ असार १२, शुक्रबार १८:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ