क्वारेन्टाइनबाट भागे २१ कोरोना संक्रमित : प्रहरी द्वारा खोजि हुदै


दैलेख । दैलेखको नौमूले गाउँपालिकाका कोरोना संक्रमित क्वारेन्टाइनबाट भागेका छन् । भैरव माविको क्वारेन्टाइनमा राखिएका २१ जना कोरोना संक्रमित बिहीबार राती भागेको गाउँपालिकाले जनाएको छ ।

उनीहरुलाई क्वारेन्टाइनमै फर्काउन प्रहरी परिचालन गरिएको छ । नौमूले बजारस्थित भैरव माविमा रहेको क्वारेन्टाइनमा ९४ जनालाई राखिएको थियो ।

झण्डै दुई हप्तासम्म पनि दोस्रो पटक पीसीआर परीक्षण नगरिएको भन्दै संक्रमित क्वारेन्टाइनबाट भागेको बताइएको छ । भागेकामध्ये केहीलाई बिहीबार राति नै ल्याइएको नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए । बाँकीलाई ल्याउन प्रहरी परिचालन गरिएको छ ।

अध्यक्ष बुढामगरले सबै संक्रमितको खोजी कार्य जारी रहेको बताए ।  संक्रमित भागेको खबर आएपछि जिल्ला प्रहरी कार्यालय दैलेखबाट थप प्रहरी परिचालन गरिएको डीएसपी हरिबहादुर ओलीले बताए । नौमूले गाउँपालिकामा एक सय ४६ जनामा कोरोना पुष्टि भईसकेको छ । ती मध्ये ७ जना डिस्चार्ज भईसकेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

प्रकाशित : २०७७ असार १२, शुक्रबार १९:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ