Breaking- सिरहामा नेकपा नेता यादवमाथि बम प्रहार, छर्रा लागेर घाइते


जनकपुरधाम : सिरहाको औरही गाउपालिका ५ मा नेकपा नेता तथा पुर्व गाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको छ ।

घरमा सुतिरहेका बेला मध्यरातमा नेता यादवमाथि अज्ञात समुहले बम प्रहार भएको हो । बमको छर्रा लागेर नेता यादव घाइते भएका छन् । उनको शरिरको विभिन्न भागमा बमको छर्रा लागेको छ ।

नेता यादवलाई उपचारका लागि सिरहा सदरमुकाम लगिएको छ । बम कसले प्रहार गरेको विषयमा केहि खुल्न सकेका छैन ।

प्रकाशित : २०७७ श्रावण ३, शनिबार ०७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ