प्रदेश २ : सौतेनी आमाले कुटेरै ५ वर्षीय छोराको ज्यान लिएपछि…


रौतहट‌ : देवाही गोनाही नगरपालिका–४ दोहर बस्ने गणेश सहनीका छोरा ५ वर्षीय कृष्ण सहनीको कुटपिटबाट मृत्यु भएको छ ।

उनको हत्या गरेको अभियोगमा उनकै सौतेनी आमा २० वर्षीया फुलीदेवी सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।‌ फुली देवीको कुटपिटबाट गम्भीर घाइते भएका कृष्णको सुकदेव चोकस्थित नेपाल तराई सिटी अस्पताल रौतहटमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले फुली देवीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित : २०७७ श्रावण ३, शनिबार १८:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ