प्रधानमंत्री ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर : डा. भट्टराई


काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका बेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदै गरेको बताएका छन् ।

शनिबार एक ट्वीट गर्दै भट्टराईले हिटलर पनि निर्वाचित नै भएको र उनले पनि राष्ट्रवादलाई नै हतियार बनाएको, तर आखिर के भयो भनी प्रश्न गरेका छन् । ट्वीटमा उनले संसद्‌बाटै सङ्कटमोचन गर्नुपर्नेमा नेकपाले किन अलमल गरेको भनि सोधेका छन् ।

पूर्वप्रधानमन्त्री डा.भट्टराई प्रधानमन्त्री ओलीका कटु आलोचक हुन् । प्रधानमन्त्री एवम् अध्यक्ष ओलीका कार्यसम्पादन र व्यवहारलाई लिएर अहिले सत्तारूढ नेकपाभित्र विवाद जारी छ ।

प्रकाशित : २०७७ श्रावण ३, शनिबार १९:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ