सर्लाहीमा भारी वर्षा : मलंगवा जलमग्न, आवतजावतमा कठिनाई


मलंगवा : सर्लाही सदरमुकाम मलंगवाको बालमन्दिर चोक वर्षाको पानीले जलमग्न बनेको छ । दिउँसो परेको पानीले चौक जलमग्न भएको हो ।

पानीको निकास नहुँदा चोकमा जलमग्न बनेको छ । चोकमा अहिले घुँडासम्म पानी जमेको स्थानीय व्यापारीले बताए। पानी रोडमा समेत जम्मा हुँदा सबारीलाई आवतजावतमा समेत कठिनाइ भइरहेको छ ।

निरन्तर  वर्षा भइरह्यो भने पसलमा समेत पानी पस्ने खतरा रहेको व्यापारीले बताए । भारी वर्षाका कारण नगरपालिका चोक र बस पार्कमा समेत पानी जमेको छ । 

जिल्ला विकास चोकदेखि दक्षिण जाने रोड पुरै अहिले पानीले भरिएकाले हिँडडुल गर्न समस्या भइरहेको छ। दिउँसो परेको पानीका कारण बालमन्दिर चौक पुरै पानीले भरिएको व्यापारी अजय कुशवाहाले जानकारी दिएका छन् ।

सडकमा घुँडासम्म पानी जम्मा भएको छ । वर्षा अहिले पनि भइरहेको छ । केहीबेर अझै वर्षा भयो भने पानी पसलमा पस्छ । सडकमा गाडी चल्दा पानी उछिटिएर पसलसम्म पुग्ने गरेको छ ।

पानी निकासका लागि नालाको उचित व्यवस्था नहुँदा समस्या भएको हो । बर्षेनि यहाँको व्यापारीले यो समस्या झेल्दै आएका छन्।  अझै पानी पर्ने सम्भावना छ ।

भुँईमा राखेको समान अग्लो स्थानमा राख्दै गरेका संजय चौधरीले भने ,’रातमा पानी पर्यो भने सबै समान बर्बाद हुन्छ । चौक पुरै हिलाम्य भएको छ । एक घण्टाको पानीले नै नाला पुरै भरिएको छ ।’

– अन्नपुर्ण पोस्ट अनलाइनबाट

प्रकाशित : २०७७ श्रावण ४, आईतवार १५:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ