इन्जिनियर गोइतलाई सहिद घोषणा र मन्त्री मगरको राजिनामा माग्दै प्रधानमन्त्रीलाई ज्ञापन


जनकपुरधाम : खानेपानी मन्त्री बिना मगरको राजिनामा र ईन्जिनियर सतिस गोईतलाई सहिद घोषणा को मांग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाईएको छ ।

जनकपुरका युवा तथा बिद्यार्थीले जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको हो ।

असार ३० मा ममेलम्ची खानेपानीको मुहान निरीक्षण गर्न पुगेका धनुषा निवाशी इन्जिनियर सतीश गोइतको सुरुङको १७ नम्बर गेट गुणस्तरहीन सामग्री प्रयोग भएकाले उक्त गेट फुट्दा परीक्षणका क्रममा पानीको बेगले गाडी दुर्घटनापछि मृत्यु भएको छ । एकाएक ड्याममा पानीको सतह बढ्न थालेपछि त्यसको निरीक्षण गर्नका निमित इन्जिनियर सतीश गोइतको नेतृत्वमा टोली पठाइएको थियो र निरिक्षणको क्रममा नै सुरुङको १७ नम्बर गेट फुट्दा दुर्घटनापछि इन्जिनियर सतीश गोइतको मृत्यु भएको हो ।

त्यो दुर्घटना नभइ हत्या नै रहेको भन्दै लापरबाही, कमसल कार्यको कारणले इन्जिनियर सतीश गोइतको ज्यान गएको दावी गरिएको छ । घटना लापरबाहीकै कारण भएकोले यसको निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कडा कारवाही तथा इ.सतीश गोइत लाई सहिद घोषना गर्नु को साथै पीडित परिवारलाई उचित छतिपुर्ती उपलब्ध गराउन सरकार समक्ष जोडदार मांग गरेको छ ।

मांग समयमै पुरा नभए हामी जनकपुरका युवा बिद्यार्थी कडा आन्दोलनमा जान बाध्य हुने युवा अभियन्ता प्रशान्त झाले बताए ।

प्रकाशित : २०७७ श्रावण ४, आईतवार १७:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ