सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते


जनकपुरधाम : सर्लाहीमा मोटरसाइकल दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

बरहथवा नगरपालिका ५ बस्ने २३ वर्षीय विवेक साहको मृत्यु भएको हो । उनी चढेको बीआर ३० आर १७४८ नम्बरको मोटरसाइकल र  बा.३८ प. ८०७४ नम्बरको मोटरसाइकल बरहथवा नगरपालिका ६ मा ठोकिएको प्रहरीले जनाएको छ ।

मृतक साह बरहथवाबाट नयाँ रोडतर्फ जाँदै थिए । बा.३८ प. ८०७४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गर्दा ठोकिएर दुर्घटना भएको छ ।

मृतक साह चलाइरहेको मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २१ वर्षीय आस महम्द, बा. ३८ प. ८०७४ नम्बरको मोटरसाइकल चालक बसवरिया गाउँपालिका ३ भवानीपुरका ३१ वर्षीय नवलाल साह र पछाडि सवार सोही ठाउँका ४८ वर्षीय रामसुधिर साह घाइते भएका छन् ।

ठोक्किएका दुवै मोटरसाइकललाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७७ श्रावण ५, सोमबार १०:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ