लहानका रोशन मोची : जसको यसरी भएको थियो हजार रुपैयाकै लागि हत्या


– राजेश विद्रोही

लहान : कान्छी बहिनीलाई धुमधामकासाथ विवाह गर्छु भनेर हतारहतारमा पासपोर्ट त बनाए तर लकडाउन लाग्यो । कहिले नफर्किनेगरी उसको जीवन नै लक भयो । यो सपना लहान नगरपालिका १, का सिफैत मोचीको १८ वर्षीय छोरा रोशन मोचीको थियो ।

स्वदेशमा कमाई छैन् । यहाँको कमाइले बहिनीको विवाह गर्ने खर्च जुटाउन सकिदैन । न त परिवार धान्न सकिन्छ भनेर रोशन विदेश जान पासपोर्ट बनाई सकेका थिए । तर, संसारभर कोरोना महामारीको यात्रा सुरु भयो । रोशन घर न घाटाको भयो । विचलित भए । बैशाखको अन्तिम हप्ता रोशनलाई ईलाका प्रहरी कार्यालय पतारिले लागुअौषधमा पक्राउ गरे । १६ दिन त्यहाँको थुनामा बसे । प्रहरीले १० हजार रुपैया धरौटी तोके । तर, कम्जोर परिवारिक अवस्थाले समयमा धरौटी रकम तिर्न सकेन । लकडाउनको समय थियो । त्यसपछि रोशनलाई जिल्ला प्रहरी कार्यालय सिरहाको थुनामा लगे । सिरहामा पनि १६ दिन थुनामा बसे ।

त्यहाँका थुनामा चिनाजानी भयो उसकै ससुराली गाउँ मिर्चैयाका जयकुमार यादवसँग । रोशनले उनीसँग अाफ्नो अावश्यकता पुरा गर्न एकहजार रुपैया सापटी लिएका थिए । बुबा सिफैत मोचीले दशहजार धरौटी रकम तिरेर छोरा रोशनलाई असार १० गते तारिकमा छुटाएर ल्याएका थिए । त्यही दिन जयकुमार पनि सँगै धरौटीमा छुटेका थिए । जयकुमार पनि लागु अौषधी मुद्दाकै अभियुकत थिए ।

छुटेपछि दुबैजना अा-अाफ्नो घर गए । असार १८ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर हुने तारिक थियो । रोशन हाजिर हुन पनि गए । तर, लकडाउन खुलेपछि मात्र हाजिर हुन अाउने भनेपछि उनी जिल्ला प्रहरी कार्यालयबाट फिर्ता भएका थिए । लकडाउनको समयमा जयकुमार दुईतीन पटक बाईक लिएर रोशनको घरमा अायो । रोशनसँग भेटघाट गरेर फर्किन्थे । तर, रोशनको अामा बुबासँग जयकुमारले पैसा लेनदेनको कुरा कहिले गरेन ।

असार २६ गते जयकुमार यादव घरमा अाएर धम्की दिए । रोशनको घरको फोटोहरु मोबाइलमा खिच्न थाल्यो । रोशन घरमा थिएन । रोशनको अामा सुनैरले घरको फोटो किन खिचेको भनेर जयकुमासँग प्रश्न गरेपछि कुरा खोल्यो । तिम्रो छोरा मेरो एकहजार रुपैया सापटी लिएको छ । दिदैन । अव तिम्रो छोरा खतम हुन्छ । सुनैरदेवी भन्छिन्,´त्यसपछि थाहा पाए लेनदेनको कुरा । मैले अाग्रह पनि गरे । त्यस्तो कुरा न गर्नु । एकहजारको साटो १५ सय तिरिदिन्छु । तर, मेरो छोरालाई केही न गर्नु ।`

त्यसपछि जयकुकार रिसाउँदै घर फर्केका थिए । रोशन बेलुका घर अाएपछि अामाले सबैकुरा बताएका थिए । जयकुमार ठिक मान्छे होइन भनेका थिए । रोशनले पनि लेनदेन भएको कुरा बताएका थिए । तर, चिन्ता नगर्नु केही पनि हुँदैन भनेपछि छोराको कुरा अामाले पत्याउनै पर्यो । नभन्दै भोली पल्टै २७ गते ५ बजेतिर जयकुमार यादव दुईजना बाईकमा रोशनको घर अाए । जयकुमारले रोशनलाई घडी कडा रुपमा त घडी ललाईफकाई गर्दै बाईकको बीचमा राखेर ससुराली जाउँभनेर लगे ।

मिर्चैया ससुरालमै थिए रोशनको श्रीमती पनि । तीनैजना त्यहा पुगेका थिए । ससुरालीमा तीनैजनालाई बेलुका खाना खान अाग्रह गरेका थिए । तर, उनीहरुले खाना नखाने भनेर हिडेका थिए । असार ३० गते मिर्चैया नगरपालिका ९ बतहाखोला पुलनजिकै खाल्टो घारीमा बेवारिसे अवस्थामा उसको शव प्रहरीले फेला पारेका थिए । प्रहरीले स्थलगत मुचुल्का गरेर लाशलाई बेवारिसे लाश भनेर लहान अस्पताल पठाएका थिए । साउन २ गते मिर्चैयामा मान्छे मारिएको कुरा सिफैत मोचीले थाहा पाएपछि उसलाई शंका लाग्यो । त्यसपछि मिर्चैया प्रहरी चौकीतिर उनी हानिए । प्रहरीले लाशको फोटो देखाएपछि सिफैत मुर्छित भए । डाँको छोर्दै रोए । अव मेरो छोरा यो संसारमा रहेन…. । प्रहरीले लाश लहान अस्पतालमा पठाएको भनेपछि उनी फेरि लहान अस्पतालतिर रुँदै फर्किए ।

लहान अस्पताल पुगेपछि उनि शवगृह पुगे । लाश दुर्गन्धित भइसकेको थियो । त्यसपछि प्रक्रिया पुर्याएर सिफैत मोचीले अाफ्नो छोराको लाश बुझेर दाहसंस्कार गरे । रोशनको विवाह ०७५ साल असार १८ गते मिर्चैया नगरपालिका २, पिडारी मल्हनियाका सत्यनारायण मोचीको जेठी छोरी अन्जली मोचीसँग भएको थियो । रोशन मोचीको सन्तान छैन् । रोशनको जेठो दाई किशोर मोची अन्तरजातीय विवाह गरेर काठमाडौमा बस्दै अाएको छन् । चार दिदीबहिनी मध्ये विवाह गर्न बाँकी रहेकी कान्छी बहिनी गंगा मोचीको विवाहका लागि उनी पासपोर्ट बनाएका थिए । तर, लगत्तै लकडाउन लाग्यो । उनी विदेशीन पाएन । अन्ततः यो संसारबाटै विदा भए ।

यतिबेला रोशनको परिवार पुरै शोकमा छन् । रोशनको वियोगमा श्रीमती अन्जली र अामा सुनैरदेवी छिनछिनमा मुर्छित हुन्छिन् । सेतै वस्त्र लगाएकी १७ वर्षीया अन्जली भन्छिन्,´सानै उमेरमा विवाह भयो । मेरो सिउँदो पुछियो । अब मेरो जीव कसरी बाँच्ने ….? ` यति भन्दै मुर्छित भईरहन्छिन् अन्जली । हत्या अारोपी जयकुमा यादव र मुकेश कटुवाल पक्राउ परिसकेको छ ।

प्रकाशित : २०७७ श्रावण ५, सोमबार १५:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ