अब छिमेकी जिल्लामा पनि यातायात चलाउन पाइने, स्कुल र सिनेमा नखुल्ने


काठमाडौं : सरकारले नजिकका जिल्लामा पनि यातायात चलाउन पाउने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । तर विद्यालय र सिनेमा हल संचालनमा भने रोकावट कायमै रहेको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

‘विद्यालय र सिनेमाहल बाहेक बाहेक खुलाउने कुरा भएको छ । छोटो दूरीका सवारी साधन सञ्चालन गर्न पनि खुलाउने निर्णय भएको छ । भदौ १ बाट हवाई सेवा संचालन गर्ने निर्णय गरेको छ,’ ती मन्त्रीले भने।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेबाट आन्तरिक र भदौ १ बाट बाह्य उडान सेवा सुरु गर्ने प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्ले सो प्रस्ताव संशोधन गर्दै भदौ १ बाट दुवै सेवा संचालन गर्ने निर्णय गरेको ती मन्त्रीको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले बनाएको प्रोटोकलका आधारमा सुरक्षाका उपाय अपनाउने गरी कार्यविधि बनाइने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

– नेपाल लाइभ

प्रकाशित : २०७७ श्रावण ५, सोमबार २१:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ