सप्तकोशीमा उर्लियो बाढी : ४८ वटा ढोका खोलियो, गोबरगाढा बाढीले घेरिए


सप्तरी : तीन दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशी नदीमा बाढी उर्लिएको छ ।मंगलबार बिहान सप्तकोशीमा पानीको बाहव उच्च भएपछि कोशी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ ।

मंगलबार बिहान ५ बजेको मापनअनुसार कोशी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

कोशी ब्यारेज भएर भइरहेको यो बहाव यो वर्षको सबैभन्दा उच्च हो । मंगलबार बिहानको बहावले खतराको सतह पार गरेकोले तटीय क्षेत्र (सप्तरी र सुनसरी)मा सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

सप्तकोशीमा बहाव बढेसँगै पश्चिमी तटबन्धसँग टाँसिएका बस्तीहरु जोखिममा परेका छन् । साथै मध्यकोशीमा रहेको गोबरगाढा गाउँ पानीले घेरिएको छ ।

यसअघिकै बाढीमा स्थानीय तहले गोबरगाढाका बासिन्दाहरुलाई टापुबाट निकाल्ने प्रयास गरे पनि स्थानीयहरु निस्कन मानेका छैनन् । कोशीमा अत्यधिक बहाब भएसँगै बस्तीका घर घरमा पानी पसेको छ ।

प्रकाशित : २०७७ श्रावण ६, मंगलवार ०९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ