जनकपुरबाट घर गइरहेका एक युवकलाई बाढीले बगायो, खोजी जारी


जलेश्‍वर : यहाँको रातो खोलाले आज एक स्थानीय व्यक्तिलाई बगाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार महोत्तरी जिल्लाको भंगहा नगरपालिका-६ बस्ने ४० वर्षीय वरेन्द्र कापरलाई बिहान करीब साढे १० बजे खोलाले बगाएको हो ।

धनुषाको जनकपुरबाट साइकलमा चढी आफ्नो घर जाँदै गरेका कापर बलवा नगरपालिका-११ स्थित भगवतीपुर र कविलासाका बीचमा पर्ने  खोलामा साइकल काँधमा राखी तर्न लागेपछि अचानक आएको बाढीले बगाई बेपत्ता भएका हुन् ।

स्थानीयवासी र प्रहरीको टोलीले खोजी गरिरहे पनि उनी फेला परेका छैनन् । रासस

प्रकाशित : २०७७ श्रावण ६, मंगलवार १२:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ