महेन्द्रनगर बम काण्ड : मृतक इन्सपेक्टर दाहाल र साहका परिवारलाई १०/१० लाख दिइने


जनकपुरधाम : धनुषामा बम विस्फोट हुंदा ज्यान गुमाएका इन्सपेक्टर अमिर कुमार दाहालका परिवारलाई संघीय सरकारले १० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित एक ब्यक्तिको घरमा बम विस्फोट भएपछि इन्स्पेक्टर दाहालसंगै घरधनी  राजेश साह र उनका १७ वर्षीय छोरा अनन्तको मृत्यु भएको थियो । इन्स्पेक्टर दाहाल इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा कार्यरत थिए ।

घटना ०७६ मंसिर २८ गते विहानको हो । तर झण्डै ८ महिनापछि सरकारले इन्सपेक्टर दाहालसंगै घरधनी साहका परिवारलाई पनि १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

उक्त बम विस्फोटमा संलग्न केहि ब्यक्ति पक्राउ परेका छन् भने केहि अझै फरार छन् ।

प्रकाशित : २०७७ श्रावण ६, मंगलवार २०:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ