भूमिहीन मुस्लिम परिवारलाई जग्गा उपलब्ध गराउन अध्यक्ष अन्सारीको माग


काठमाडौं : भूमिहीन मुस्लिम परिवारहरुलाई जग्गा उपलब्ध गराउन मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले माग गरेका छन् ।

भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीसँग मंगलवार भएको छलफल अध्यक्ष अन्सारीले यस्तो माग गरे । छलफलमा उनले २०४७ देखि ०७७ सालसम्म आइपुग्दा विभिन्न चरणमा १ लाख ५४ हजार जनाले दरखास्त दिएको बताउँदै ४६ हजार ६९४ बिघा जग्गा उपलब्ध हुँदा मुस्लिम समुदाय कसैले पनि भूमि नपाएको गुनासो गरेका छन् ।

उनले कम्तीमा ०.५ प्रतिशत भूमि मुस्लिम समुदायलाई उपलब्ध गराउनुपर्ने बताए । देशभर ७० हजार भन्दा बढी मुस्लिम परिवारहरु भूमिहीन रहेको भन्दै प्राथमिकतामा राखेर समस्या समाधान गर्न उनले आग्रह गरे ।

भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष ज्ञवालीले अहिले १४ लाख भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउन लागिएको जानकारी दिए । उनले सबै समूदायका भूमिहीनहरुले जग्गा पाउने आश्वासन समेत दिए ।

प्रकाशित : २०७७ श्रावण ६, मंगलवार २१:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ