सप्तरीमा सशस्त्र प्रहरीकै मिलोमतोमा खुलेयाम तस्करी, घुमुवा उठाउँछन् रकम


काठमाडाैं : देश काेराेना संक्रमणले ग्रस्त अवस्थामा छ । सीमा सुरक्षाका जिम्मा लिएका सप्तरीकाे सशस्त्र प्रहरी बलका कर्मचारी नै सीमाप्रति ईमान्दार नभएको घटनाहरू सार्वजनिक भइरहेका छन् । 

भारतीय सीमा क्षेत्र सिल गरिएको भनिए पनि सप्तरीको कुनौली नाका क्षेत्रबाट ठूलो मात्रामा संगठित रूपमा तस्करी हुने गरेको खबर  छ । ६ नम्बर गणका एसपी उध्दव न्याैपानेले परिचालन गरेका घुमुवाहरूले खुलेयाम तस्करीको लाईन दिएकाे खबर प्राप्त भएकाे छ ।

एसपी न्याैपानेले घुमुवाकाे रूपमा वरिष्ठ हवल्दार राजकुमार यादव र साह थरका सिपाहीलाई परिचालन गरेका छन् । यी घुमुवाहरूले कुनाैली नाकाबाट  छाेटु साह, बलराम साह, वरूण यादव, राेशन यादव लगायतकालाई तस्करीकाे लाइन दिएकाे स्राेतकाे दावी छ ।

तस्करहरूले भारतबाट लत्ताकपडा, हार्डवेयर, तेल, चिनी, कस्मेटिक, माेटर पार्ट्स ठूलो मात्रामा तस्करी गरि नेपाल भित्र्याउने गरेका छन् भने नेपालबाट केराउ, मरिच,  छाेकडाकाे तस्करी गर्दै आएका छन् ।

यी घुमुवाहरूले बाहिनीमा समेत रकम दिनुपर्ने भन्दै तस्करहरूसंग रकम असुल्ने गरेको यहाँका व्यवसायीहरू बताउँछन् । यो तस्करी भइरहेको सूचना बाहिनीसम्म पुगे पनि कुनै छानबिन नभएको गुनासाे प्राप्त भएकाे छ ।

– सांघुन्यूज

प्रकाशित : २०७७ श्रावण ७, बुधबार ०७:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ