जनकपुरमा सडक अबरुद्ध पारेर प्रर्दशन, मंत्री मगरको राजिनामा माग


सिबेन्द्र रोहिता/ जनकपुरधाम : खानेपानी मंत्री बिना मगरको राजिनामा माग्दै जनकपुरको कदम चोकमा आज युवाहरुले सडक अबरुद्ध गरेर प्रर्दशन गरेका छन् ।

मेलम्ची आयोजनाको सुरङ परीक्षण क्रममा गाडी दुर्घटनामा जनकपुर घर भएका इन्जिनियर सतिश गोइतको मृत्यु भएको थियो । ठेकेदारको लापरवाही र कमसल काम भएकै कारण उनको मृत्यु भएकाले मंत्री मगरले राजिनामा दिनुपर्ने भन्दै युवाहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले इन्जिनियर गोइतलाई शहिद घोषणा र उनको परिवारलाई क्षतिपूर्ति समेत दिनुपर्ने माग गरेका छन् । प्रर्दशनसंगै सडक अबरुद्ध गरेपछि केहिबेर आवतजावत ठप्प बनेको थियो ।

यसअघि जनकपुरकै भानु चोकमा युवाहरुले मंत्री मगरको पुतला समेत जलाएका थिए । माग पुरा नभए कडा आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् ।

आयोजनाको सुरङ परीक्षणका क्रममा मंगलवार सुरुङको १७ नम्बर गेट फुट्दा गाडी नदीमा खसेर चालकसंगै इन्जिनियर गोइत बेपत्ता भएका थिए । एकदिन पछाडी इन्जिनियर गोइतको शव नदीमै फेला परेको थियो ।

प्रकाशित : २०७७ श्रावण ७, बुधबार १२:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ