सप्तरी : सुरुङ्गाको वडा कार्यालयमा गरेको तालाबन्दी खुलेन


सप्तरी : सप्तरीको सुरुङ्गा नगर पालिका –५ को वडा अध्यक्षको कार्य कक्ष तथा मुल गेटमा तालाबन्दी गरेको एकसता बितिसक्दा समेत तालाबन्दी अझै खुल्न सकेका छैनन् ।

एकसता अघि बनिगामाका स्थानियवासीहरुले वडा अध्यक्षको कार्यकक्षमा अश्चितकालीन तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण सेवाग्राहीहरु प्रत्यक्ष मरमा परेका छन् । वडा अध्यक्ष अरहुलिया देवी पासवानले विकासिय बजेटमा व्यापक भेदभाव गरेको भन्दै बनिगामाका स्थानियवासीहरुले एकसता अघि वडा कार्यालयमा अनिश्चतकालीन तालाबन्दी गरेका छन् । माँग पुरा नभएसम्म तालाबन्दी जारी रहने स्थानीय दिलाराम चौधरीले जनाएका छन् ।

गाँउमा आरसिसि ढलानका लागि बारम्बार वडा अध्यक्ष पासवानलाई आग्रह गर्दा समेत वडा अध्यक्ष पासवानले वेवस्ता गरेका कारण बाध्य भएर वडा कार्यलयमा तालाबन्दी गर्नु परेको समाज सेवी शर्मिला देवी चौधरीले बताईन ।

आरसिसि ढलानको योजनालाई परिवर्त गरी ग्राभेलको योजना दिदा स्थानियवासीहरु आक्रोसित भएका छन् । बनिगामावासीले तालाबन्दी गरेको दुई दिन पछि पुन: पश्चिम टोलका स्थानियवासीहरुले समेत वडा कार्यालयको गुल गेटमा नै तालाबन्दी गरेका छन् ।

वडा अध्यक्ष मोम्हद सिल्टु मियाँलाई केहि महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित प्रक्राउ गरेपछि मियाँ स्थानमा वडा सदस्यमा निर्वाचित अरहुलिया देवी पासवानले वडा अध्यक्षको कार्यभार समाल्दै आएका छन् । तर तालाबन्दि खोल्ने विषयमा हालसम्म नगरपालिकाले कुनै प्रयास नगरेकोमा स्थानियवासीहरुले आपति जनाएका छन् ।

प्रकाशित : २०७७ श्रावण ७, बुधबार १९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ