जनकपुरमै पेस्तोल देखाएर एक युवकको ३ लाख ७६ हजार रुपैया लुटियो


जनकपुरधाम : जनकपुरमा दिउँसै एक युवक लुटिएका छन् । कमला नगरपालिका २ का अन्दाजी २० वर्षीय धिरज कुमार अधिकारी लुटिएका हुन् ।

जनकपुरबाट घर जाने क्रममा जलाद पुल नजिकैबाट अधिकारीको साथबाट ३ लाख ७६ हजार रुपैया अपरिचित व्यक्तिले लुटेर फरार भएका छन् । लुटिएपछि पीडित अधिकारी प्रहरीमा खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको अनुसन्धान तथा लुटेराको खोजी सुरु गरिएको जनाएको छ ।

प्रकाशित : २०७७ श्रावण ७, बुधबार २१:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ