प्रदेश २ : सबै जिल्लामा कृषि ज्ञानकेन्द्र तथा भेटेरिनरी अस्पताल स्थापना गरिने


जनकपुरधाम : प्रदेश नंं २ को आठ वटै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रहने भएको छ ।

प्रदेश नंं २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले मन्त्रीस्तरीय निर्णयवाट यसअघि कृषि ज्ञान केन्द्र नरहेका सिरहा तथा महोतरीमा ज्ञान केन्द्र स्थापना हुने भएको जानकारी दिए ।

यस्तै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नरहेका सप्तरी र बारामा ती दुई कार्यालय स्थापना गर्ने निर्णय मन्त्री स्तरीय निर्णयवाट भएको मन्त्रालयका सचिव डा. विमल कुमार निर्मलले जानकारी दिए ।

नयाँ स्थापना हुने कृषि ज्ञान केन्द्रहरु ती जिल्लामा खारेजीमा परेका साविकका कृषि विकास कार्यालयको भवनमा तथा भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सो जिल्लामा खारेजीमा परेको साविक जिल्ला पशु कार्यालयको भवनमा स्थापना हुने निर्णय भएको छ ।

खास गरेर यी जिल्लाहरुमा कार्यालयहरु नभएका कारणले मन्त्रालयको कामकाज गर्नमा कठिनाई हुने गरेकाले मन्त्री स्तरीय निर्णय गरेर कार्यालयहरु स्थापना गर्ने निर्णय भएको छ । यस अघि संघीय मन्त्रीपरिषदले निर्णय गर्दा ती जिल्लाहरुमा सम्बन्धित कार्यालयहरु छुटाउने काम गरेका थिए ।

प्रकाशित : २०७७ श्रावण ८, बिहीबार १०:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ