गोलबजारबाट ब्राउन सुगरसहित एक युवक पक्राउ, प्रहरीले थाल्यो अनुसन्धान


लहान : सिरहामा लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोलबजार नगरपालिका १ का ३३ वर्षीय अरुण कुमार पुर्वे छन् ।

बिक्रीका लागि आफ्नै घरमा लुकाई राखेको अवस्थामा ब्राउन सुगरसहित पुर्वेलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार ब्राउन सुगर जस्तो देखिने प्लाष्टिकको पोकामा १ ग्राम ३ सय मिलि ग्राम र लागुऔषध गाँजा ५५ ग्राम १ सय ४० मिलिग्राम बरामद भएको छ ।

पुर्वेलाई इलाका प्रहरी कार्यालय गोलबजार सिरहामा राखेर अनुसन्धान तथा कारवाही थालेको सिरहा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ श्रावण ८, बिहीबार ११:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ