सिरहाको सिमा क्षेत्रबाट २० लाख रुपैयाँसहित एक जना पक्राउ


लहान : सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख रुपैयाँसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ ।

सीमा सुरक्षा बल लगदी गदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए ।

भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शंका लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले बताए । पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जनाएको छ । रासस

प्रकाशित : २०७७ श्रावण ८, बिहीबार १४:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ