राजबिराजमा कर्फ्यु, यस्तो छ अबस्था (फोटो फिचर)


सप्तरी : समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै स्थानीय प्रशासनले सप्तरीको राजविराज नगरपालिका क्षेत्रमा बिहान ५ बजेदेखि नै कर्फ्यु लगाइएको छ ।

जिल्ला सुरक्षा समितिको बुधवार सांझ बसेको बैठकले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको हो । नगरपालिकामा कोभिड—१९ समुदायमा फैलिएकाले थप संक्रमण रोक्न राजविराज नगरपालिकाले नगरपालिका क्षेत्रभित्र पूर्ण लकडाउनको आह्वान गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यद्धारा जारी विज्ञप्तीमा अत्यावश्यक सेवाहरु बाहेक अनावश्यक आवतजावत र हिडडुल गर्न रोक लगाइएको छ । आदेश उल्लंघन गर्नेलाई कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रकाशित : २०७७ श्रावण ८, बिहीबार १५:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ