सिरहामा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


लहान : पुर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजारमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका ३ मा स १ च ८८५ नम्बरको एम्बुलेन्सले ‘अनटेस्ट’ लेखिएको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक धनगढीमाई नगरपालिका ७, चियाबारीका २४ वर्षीय उमेश महराको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भूमिजा अस्पताल गोलबजार हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७७ श्रावण ८, बिहीबार १६:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ