चार भारतीय थुनुवासहित ३२ जनामा कोरोना पुष्टि, अस्पताल पनि बन्द !


वीरगञ्ज : पर्सामा पाँच जना थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच थुनुवा मध्ये चार भारतीय नागरिक रहेका छन् ।

नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशालामा बिहीबार गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन कुमार उपध्यायले जानकारी दिए । 

पाँच मध्ये ४ जना भारतीय हुन् । उनीहरु ३ जना बिहार र १ जना उत्तर प्रदेशका छन् ।  चार भारतीय अवैध तरिकाले नेपाल छिरेका र उनीहरुलाई प्रहरीले समातेर हिरासतमा  राखेको र उनीहरुकाे पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए । अन्य अधिकांश भने कन्ट्राक ट्रेसिङमा परीक्षण गर्दा पोजेटिभ देखिएकाे थियो ।  

यसैबीच वीरगञ्जका विभिन्न अस्पतालमा  कार्यरत चिकित्सक र उपचाररत बिरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्द गर्न आव्हान गरेको छ । संघका सचिव डा उदय नारायण सिंहले विज्ञप्ती जारी गर्दै साउन ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

कोरोना संक्रमित भेटिएका कारण एडभान्स अस्पताल पूर्ण रुपमा बन्द भईसकेको थाहा खबरले जनाएको छ ।

प्रकाशित : २०७७ श्रावण ९, शुक्रबार ०७:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ