युवतीमाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ, अनुसन्धान सुरु


काठमाण्डौ : काठमाण्डौको सोल्टी दोबाटोमा युवतीलाई एसिड प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरी परिसर काठमाण्डौ र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा डल्लु बस्ने रौतहटको लक्ष्मीपुरका मोहम्मद आलम र अर्का मुन्ना मोहम्मद रहेका महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता इश्वर कार्कीले बताए ।

प्रारम्भिक अनुसन्धानमा प्रेम सम्बन्धका कारण एसिड प्रहार भएको देखिएको पनि उनले बताए । हिजो बेलुका युवतीमाथि एसिड प्रहार भएको थियो ।

ओलखढुंगा घर भएकी युवतीमाथि सोल्टी दोबाटोमा एसिड प्रहार भएको हो । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ भागको कपाल, गाला र घाँटीको केही भागमा एसिड परेको छ ।

प्रकाशित : २०७७ श्रावण ९, शुक्रबार ०८:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ