प्रदेश २ मा आज भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान


जनकपुरधाम :  मनसुनी वायु सक्रिय रहेकाले आज पनि प्रदेश २ मा भारी बर्षा हुनसक्ने मौसमविद्हरुले बताएका छन् ।

मनसुनी न्यून चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण सरेको तथा पूर्वी भू–भागमा नेपाल नजिक रहेकाले दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर सामान्य बदली रही  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षापछि देशभरका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।

प्रकाशित : २०७७ श्रावण ९, शुक्रबार ०९:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ