वन कार्यालय प्रमुख साहको गाडीबाट साढे ५ लाख बरामद, श्रीमतीसंगै पक्राउ


जनकपुरधाम : डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु साह र उनका श्रीमती किरण साहलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

घुस लिएर प्रमुख साह श्रीमतीसंगै बा.२ झ. ४१० नम्बरको कार्यालयको गाडीमा रौतहटतर्फ जादै थिए । अख्तियारको कार्यालय इटहरीले सुचना पाएपछि गाडी सर्च गर्दा ५ लाख ५३ हजार रुपैया बरामद गरेको छ ।

बरामद रकमको स्रोत खुलाउन नसक्दा प्रमुख साह र उनका श्रीमती किरणलाई नियन्त्रणमा लिएर कारवाही अगाडी बढाएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाए ।

प्रकाशित : २०७७ श्रावण ९, शुक्रबार १७:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ