प्रदेश २ : बिहे गर्छु भन्दै होटलमा लगेर किशोरीमाथि बलात्कार


सर्लाही : लालबन्दीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना शुक्रबार सार्वजनिक भएको छ ।

होटलमा काम गर्ने लालबन्दी नगरपालिका–६ की १४ वर्षीया किशोरीलाई विवाहको प्रलोभन देखाई बलात्कार गरिएको खुलेको हो । किशोरीमाथि बलात्कार गर्ने लालबन्दी नगरपालिका–७ का २५ वर्षीय सुमन विश्वकर्मा र लालबन्दी–६ का २६ वर्षीय रामबहादुर पराजुली फरार छन् ।

यही असार ५ गते राति किशोरीलाई लालबन्दी बजारस्थित फेसबुक होटलमा लगेर बलात्कार गरेको खुलेको छ । २५ वर्षीय विकले पीडित किशोरीलाई काठमाडौं लगी विवाह गर्ने प्रलोभन देखाई ५ गते राति साढे ११ बजे होटलमा पुर्‍याएका थिए ।

किशोरीलाई होटलमा पुर्‍याई भोलि काठमाडौं जाने र त्यसपछि विवाह गर्ने भन्दै दुई किशोरले होटलमै विवाह हुने खुसियालीमा केक काटेर खानुका साथै किशोरीलाई चिसाे पिलाएका थिए ।

चिसो खाएको केही मिनेटमा नशा लागेको जस्तो भएको र त्यसपछि आफूलाई विवाह गर्ने प्रलोभन देखाएका युवक र उनका साथीले पालैपालो जबरजस्ती गरेका पीडित किशोरीले बताएकी छन् ।

पीडितको जाहेरी लिएर घटनामा संलग्न भई फरार रहेका दुवै युवकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

प्रकाशित : २०७७ श्रावण १०, शनिबार ०९:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ