सप्तरी : विरामीमा कोरोना पुष्टि भएपछि अस्पतालका १४ कर्मचारी क्वारेन्टाइनमा


सप्तरी : गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचाररत विरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि १४ जना अस्पताल कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ ।

शुक्रबार दिउँसोदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष भने शनिबार विहानदेखि सुरु भएको छ । विष खाएर उपचारका लागि ल्याइएका तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

आकस्मिक कक्षमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीसहित १४ जनालाई क्वारेन्टाइनमा राखिएको हो । राजविराजमा समुदायमा कोरोना सरेको भन्दै कर्फ्यु लगाएको छ ।

प्रकाशित : २०७७ श्रावण १०, शनिबार १२:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ