कतारमा मृत्यु भएका सिरहाका यादव परिवारलाई २५ हजार सहयोग


सिरहा : खाडी मुलुक कतारमा मृत्यु भएका सिरहाका एक व्यक्तिको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

सिरहा नगरपालिका १५ बुधौराका कासिन्द्र यादवको हृदयघातका कारण गत चैत्र २१ गते कतारमा मृत्यु भएको थियो । मृतक यादवको परिवारलाई कतारमा बस्दै आएका नेपालीहरुको संस्था यादव सेवा समाज दोहा कतारले सहयोग गरेको छ ।

जनता समाजवादी पार्टीकी नेतृ शोभा मण्डलको पहलमा समाजले मृतक परिवारलाई २५ हजार रुपैयाँ सहयोग गरेको हो । समाजले पठाएको सहयोग रकम पीडित परिवारलाई नेतृ मण्डलले हस्तान्तरण गरिन् ।

प्रकाशित : २०७७ श्रावण १०, शनिबार २०:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ