सिरहा : मुसहर वस्ती निर्माणमा बेइमानी, वडाध्यक्ष विरुद्ध प्रदर्शन


लहान‌ : सिरहाको धनगढीमाई १२ नेवार नमुनामा टोलमा मुसहरवस्तीको लागि घर निर्माणमा व्यापक अनियमिता भएको भन्दै स्थानीयले जुलुस प्रदर्शन गरेको छ ।

वस्तीमा घर निर्माणको लागि धनगढीमाई १२ का वडाध्यक्ष राजु श्रेष्ठले उपभोक्ता समिति गठन गरेपनि प्रकाश पंजियार र हरि मैनालीलाई ठेका दिएर अधुरो काम गरेको छ ।
ठेकेदारले उपभोक्ता समितिका पदधिकारीहरुलाई फकाई धम्काई चेकमा सहीछाप गराएर कमिशनको खेल भएको आरोप छ ।

उपभोक्ता समितिका अध्यक्ष राजकुमार सदायले ‘हामीसँग ठगेर खाली चेकमा सहीछाप गराए । तर, घर निर्माण अधुरो छ । काम सम्पन्न गरेर भुक्तानी लिनुपर्ने हो । यहाँ काम नगरी बीचमै भुक्तानी लिएको छ ।’

प्रकाशित : २०७७ श्रावण ११, आईतवार ०८:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ