सर्लाही : खन्दै गरेको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु


सर्लाही : जिल्लाको ईश्वरपुर नगरपालिका १४ स्थित पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

स्थानीय रामपृत महतोकी १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउका आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतोको डुबेर मृत्यु भएको हो । प्रकाश महतोले माछा पालन गर्ने उद्देश्यले आफ्नो जग्गामा नयाँ खन्दै गरेको पोखरीमा डुबेर दुबै बालिकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

बाख्रा चराउन गएका बालिकाहरु शनिवार साँझ अबेरसम्म घर नर्फिएपछि गाउँले र प्रहरी मिलेर खोजी सुरु गरेका थिए । सोही क्रममा उनी दुबै बालिकाको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ श्रावण ११, आईतवार ०९:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ