जनकपुरबाट नेता नविन यादव पक्राउ, मुद्दा चलाउने तयारी


जनकपुरधाम : जनता समाजवादी पार्टीका नेता नबिन यादव पक्राउ परेका छन् ।

नेता यादव जनकपुरको जेएफसी क्याफेबाट शनिवार राति पक्राउ परेका हुन् । युवतीलाई दुर्व्यवहार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

क्याफेमा केहि युवा र युवतीबीच विवाद भइरहेको थियो । नेता यादव क्याफे पुगेपछि विवाद समाधान गर्ने प्रयास गरे । तर ति युवतीले नेता यादवले नै दुर्व्यवहार गरेको भन्ने झुठो आरोप लगाएपछि प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाए ।

यता, धनुषाका एसपी रमेश बस्नेतले मदिरा सेवन गरी युवतीलाई दुर्व्यवहार गरेपछि नेता यादवलाई पक्राउ गरिएको बताए । उनीमाथि दुर्व्यवहार सम्बन्धी मुद्दा चलाउने एसपी बस्नेतको भनाई छ ।

प्रकाशित : २०७७ श्रावण ११, आईतवार १२:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ