काठमाडौं जान परीक्षण गरेका रौतहटका एक वडाध्यक्षमा कोरोना पुष्टि


रौतहट : जिल्लाको राजदेवी नगरपालिकाका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संघीय काठमाडौं जान भनी पिसिआर परीक्षण गराउँदा उनमा संक्रमण पुष्टि भएको हो ।
शनिबार करेन्ट लागेर उनै संक्रमित वडाध्यक्षकी श्रीमतीको मृत्यु भएको थियो ।

उनको श्रीमतीको अन्तिम संस्कारमा सहभागी भएका सयौं मानिसलाई तत्काल कोरोना परीक्षण गराउनुपर्ने स्थानीयले माग गरेका छन् । करेन्ट लागेर श्रीमतीलाई जिल्ला अस्पताल गौर ल्याएका वडाध्यक्षको सम्पर्कमा आएका व्यक्तिहरुको  विवरण खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

वडाध्यक्षको प्रत्यक्ष सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र सिंहले बताए । अस्पतालबाट दाहसंस्कारसम्म जाने क्रममा वडाध्यक्षको सम्पर्कमा आएकाको कोरोना परीक्षण गरिने नगर प्रमुख सिंहले बताए ।

संक्रमित वडाध्यक्ष मुटु तथा मधुमेहका बिरामी छन् । थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको नगर प्रमुख सिंहले बताए ।

प्रकाशित : २०७७ श्रावण ११, आईतवार १७:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ