सुनको मूल्य फेरि तोलामै १२ सय बढ्यो, ९७ हजार ५ सय कायम


काठमाडौं : सुनको भाउ फेरि उकालो लागेको छ । सोमबारमात्रै सुन प्रतितोला १२ सय रुपैयाँ महंगो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । आइतबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन आज ९७ हजार ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । आइतबार यसको मूल्य ९५ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेको छ । आइतबार ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि अहिले मूल्य उच्च दरमा बढिरहेको छ । गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा १९ सय अमेरिकी डलर प्रतिऔंसमा कारोबार भएको थियो ।

विश्व महामारी कोरोनासँगै चीन र अमेरिकाबीच बढिरहेको तनावका कारण पनि सुनको मूल्यमा असर परिरहेको छ ।

प्रकाशित : २०७७ श्रावण १२, सोमबार १२:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ